back
NMB ad

साउनमा उपवास गर्ने हो भने यी कुरा ध्यान दिनुहोस् !

Kumari bank ad

काठमाडौं । साउन महिना आस्थाको दृष्टिकोणबाट धेरै पवित्र मानिन्छ । यस महिनामा धार्मिक अनुष्ठान, पुजा पाठ आदीको साथमा व्रत–उपवासलाई पनि महत्व दिइएको छ । यदि तपाइँ उपवास गर्न लाग्नु भएको छ भने यी ध्यान दिनुहोस् ।

  • सोमबार वा अन्य दिन उपवास गर्ने हो भने दुई दिन अगाडीबाट भोजनमा फल र तरकारी धेरै खान शुरु गर्नुपर्छ । अझै साउन महिनाभरी उपवास गर्ने हो भने विषेश तयारी गर्नुपर्छ ।
  • साउनमा उपवास बस्ने दुई तिन दिन अगाडीबाट धेरै अन्न खानुहोस् । उपवासको एक दुई दिनको पुर्व अगाडी रोटी, सलाद र तरकारी खाने र पछिल्लो समयमा फलफुलको सेवन गर्ने ।
  • यदि धेरै दिन सम्म साउनको उपवास गर्ने हो भने कागती पानी पिउनु पर्छ यस्ले भोकलाई नियन्त्रणमा राख्छ ।
  • निर्जल उपवास कहिल्यै पनि बस्नु हुँदैन । शरीरमा पानी नहुँदा शरीर भित्र नराम्रा चिजहरु बाहिर निस्कन पाउदैनन र शरीरमा धेरै प्रकारका रोग लाग्छन् ।
  • उपवासको समयमा खाली पेट राख्नु हुन्न । बिहान दुध पिउने, दिउसोमा फलफुल र जुस पिउनुपर्छ । बेलुका चिया पिउन सकिन्छ र रातमा सलादको सेवन गर्नुपर्छ र यदि साउन महिनाकम उपवासको क्रममा केवल एकपटक भोजन गर्ने हो भने एकैपटक धेरै भोजन गर्नु हुँदैन ।
  • उपवासको क्रममा मलद्वार सुख्खा हुने भएकोले त्रिफला, अमला, नास्पती र केराको सेवन गरी पेट सफा गरेर ठिक राख्नुपर्छ । उपवास गर्दा पिसाब पोल्ने, पेट पोल्ने, कब्जियत संक्रमण र पसिना आउने जस्ता समस्या उत्पन्न हुन्छ । त्यसैले पानी एकैपटक नपिएर एक–एक घन्टामा एक गिलास पानीमा कागती निचोरेर सेवन गर्नु उत्तम हुन्छ ।
  • उपवास बसेको दिन बिहान र बेलुका प्राणायाम गर्नु उपयुक्त हुन्छ । शारीरीक र मानसिक रुपमा आराम गरेर प्राणायाम गर्नु ठिक हुन्छ । उपवासको समयमा मौन बस्नु सर्वोत्तम मानिन्छ ।

वि.सं.२०७७ असार ३१ बुधवार १९:५९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...