काठमाडौं । कोरोना भाइरस महामारीले खस्किएको चीनको अर्थतन्त्रमा विस्तारै सुधार आउन थालेको छ । अर्थतन्त्रमा विश्वको दोस्रो मुलुक चीनलाई पहिलो तिन महिना धक्का लागेपनि अहिले क्रमिक रुपमा सुधार देखिएको छ ।
पछिल्लो समय चीनमा सबै उद्योग तथा व्यवसायहरुमा पूर्णरुपले संचालनमा आएपछि अर्थतन्त्रमा सुधार आएको बीबीसीले जनाएको छ ।महामारीको समयमा चीनको अर्थतन्त्र ६.८ प्रतिशतले घटेको थियो । उद्योग तथा व्यवसयायहरु पूर्णरुपमा संचालनमा आएसंगै अप्रिल देखि जुनको समयमा चीनको अर्थतन्त्र ३.२ प्रतिशतले बढेको हो ।
वि.सं.२०७७ साउन १ बिहीवार ११:०४ मा प्रकाशित