back
NMB ad

मौद्रिक नीति आउँदै : साँवाब्याज भुक्तानीको अवधि तीन महिनादेखि एक वर्षसम्म दिइन सक्ने

Kumari bank ad

काठमाडौं । कोभिड–१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आवको मौद्रिक नीति सार्वजनिक हुने भएको छ ।

बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।दिउँसो तीन बजे नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति जारी गरिने उनले जानकारी दिए ।

स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । ‘अब कृषिमा १२ देखि १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र बाँकी अन्यमा गरी परिमार्जन हुँदै छ,’ स्रोतले भन्यो, ‘कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकले गर्नेछ ।’

यस्तै, बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ । ‘आंशिक रूपमा सीमा तोकेरै नगद लाभांश वितरणमा कडाइ गरिनेछ,’ स्रोतले भन्यो ।

सेयर धितोमा प्रदान गरिने कर्जाको सीमा पनि हालको ६५ प्रतिशतबाट बढाइएको छ । डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन आवश्यक व्यवस्था मिलाइने घोषणा पनि नीतिमा हुनेछ । कोभिडबाट प्रभावित ऋणीले साँवा र ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्म समयावधि पाउने भएका छन् ।

मौद्रिक नीतिमा कोभिड–१९ को असरले थला परेको अर्थतन्त्रमा सरोकारवालाहरूको मनोबल बढाउन विभिन्न राहत कार्यक्रम ल्याउन लागिएको स्रोतले बताएको छ ।

जसमा कोभिड–को असरले प्रभावित ऋणीलाई कम, मध्यम र धेरै प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । ‘सोही वर्गीकरण अनुसार साँवा तथा ब्याज भुक्तानीका लागि तीन महिनादेखि एक वर्षसम्मको समयावधि दिन लागिएको छ,’ स्रोतले भन्यो, ‘यसरी धेरै समयावधिको सुविधा पाउनेमा होटेल, एयरलाइन्स, पर्यटनलगायत कोभिडबाट बढी प्रभावित क्षेत्र छन् ।’

असार मसान्तमा ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्ने ऋणीलाई म्याद थपसँगै ब्याजको पुँजीकरण, ग्रेस अवधि थपलगायत कर्जा पुनःसंरचनाका लागि पर्याप्त समय दिइएको स्रोतले बताएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर सेवाको गुणस्तर अभिवृद्धिमा जोड, सहुलियत दरको कर्जाको प्रभावकारी परिचालन, डिजिटल बैंकिङलगायत क्षेत्रमा केही नयाँ व्यवस्था समेटेर मौद्रिक नीति ल्याउन लागिएको बताइएको छ ।

दीर्घकालीन तरलता व्यवस्थापनका लागि लामो अवधिको रिपो र निक्षेप संकलन उपकारण जारी गर्नेबारे पनि मौद्रिक नीतिमा सम्बोधन हुनेछ । निजी क्षेत्रले उठाउँदै आएको कर्जाको पुनःसंरचना, पुनर्कर्जा र राहत ‘थ्रीआर’ विषयले राम्रो प्राथमिकता पाएको छ ।

मर्जर तथा ‘एक्विजिसन’मा नयाँ कुरा नभए पनि ‘कन्सोलिडेसन’ (एकीकरण) लाई निरन्तरता दिने कुरा मैद्रिक नीतिमा पनि समेटिनेछ । तर, बाध्यात्मक मर्जरको नीति यसपालि पनि नभएको स्रोतले बताएको छ ।

‘भुक्तानी सेवा प्रदायक र सञ्चालकको लाइसेन्स बन्द गरिने भएको छ,’ स्रोतले भन्यो, ‘नयाँ आर्थिक वर्षदेखि नै ती कामका लागि नयाँ संस्थालाई लाइसेन्स वितरण नगरिने व्यवस्था आउँदै छ ।’ यस्तै, लघुवित्त वित्तीय संस्थाको नयाँ अनुमतिपत्र बन्द गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा परेको छ ।

डिजिटल बैंकिङलाई राम्रो काम गर्न प्रोत्साहन मात्र नभए बाध्यात्मक पार्ने खालको नीतिगत व्यवस्था पनि मौद्रिक नीतिमा आउने स्रोतले बताएको छ । (ई–कान्तिपुरबाट)

वि.सं.२०७७ साउन २ शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...