काठमाडौं । अबदेखि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत चालू आर्थिक वर्ष देखि जुनकुनै अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ ।
यस अघि अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क लाग्दै आएको थियो । कोभिड–१९ सँगै मुलुक गत चैत्र ११ गते देखि लकडाउनमा गएसँगै बैंकहरुले स्वत अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।
तर गत बुधबारको बैंकर्स संघको बैंठकले अतिरिक्त शुल्क लिने नलिने निर्णय स्वयम बैंकहरुकै जिम्मा दिएसँगै शुल्क लाग्न सक्ने आंकलन गरिएको थियो । सो निर्णय भएको दुई दिन पश्चात नै राष्ट्रबैंकले पैसा नलाग्ने गरी मौद्रिक नीति मार्फत सम्बोधन गरेको छ ।
वि.सं.२०७७ साउन २ शुक्रवार १६:०७ मा प्रकाशित