back
NMB ad

बूढीगण्डकी आयोजनाले बाँड्यो ३२ अर्ब मुआब्जा

Kumari bank ad

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाले ३२ अर्ब २७ करोड १७ लाख ९ हजार रुपैयाँ मुआब्जा वितरण गरेको छ । चार वर्षमा गोरखा र धादिङ तर्फ १५ हजार सात सय ९४ जग्गाधनीको ४७ हजार चार सय ३९ रोपनी क्षेत्रफल जग्गाको मुआब्जा वितरण गरेको हो ।

‘दुबै जिल्ला तर्फ गरी २३ हजार पाँच सय ८८ कित्ता जग्गाको मुआब्जा असार मसान्तसम्म गइसक्यो’ बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण पुनर्वास तथा पुर्नस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले भने ।

आर्थिक वर्ष २०७३र७४ देखि ०७६/७७ असारसम्म चार वर्षमा उक्त रकम आयोजनाले जग्गाधनीको खातामा पठाइसकेको जनाएको छ । मुआब्जा गइसकेका जग्गाको लालपुर्जा आयोजनाको नाममा आइसकेको छ ।

हालसम्म गाोरखा तर्फ १६ अर्ब ५१ करोड ४४ लाख मुआब्जा वितरण गरिएको छ । आठ हजार छ सय २५ जग्गाधनीलाई २३ हजार छ सय १२ रोपनी क्षेत्रफले जग्गाको मुआब्जा वितरण भइसकेको इकाईका लेखाअधिकृत निराजन कोइरालाले बताए ।

गोरखामा एक हजार छ सय ८८ कित्ता जग्गा अधिग्रहणमा परेको छ । धादिङ तर्फ आयोजना कार्यालयले सात हजार एक सय ६९ जग्गाधनीलाई १५ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ वितरण गरेको छ । २३ हजार आठ सय २७ रोपनी क्षेत्रफल जग्गाको उक्त रकम वितरण गरिएको हो । ‘ब्यक्तिगत जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा छ’ इकाई प्रमुख कार्कीले भने ‘सार्वजनीक र संस्थानको जग्गाको मुआब्जा दिएका छैनौँ, ब्यक्तिगत जग्गाको गुनासो भरेका बाहेक मुआब्जा बाँकी छैन ।’

मुआब्जा रकम बुझेकाहरुले चितवन, काठमाडौँ लगायत ठाउँमा जग्गा खरिदमा धेरै पैसा लगानी गरेका छन् । घरको ह्रास कट्टि गर्ने, नगर्ने यकिन नहुँदा गत आर्थिक वर्ष मुआब्जा वितरण हुन सकेन ।

उर्जा मन्त्रालयले यसबारे कुनै निर्णय नपठाउँदा कार्यालयले घरगोठको मुआब्जा वितरण गर्न नसकेको कार्कीले बताए । मुआब्जा वितरण नहुने भएपछि गत आर्थिक वर्ष बिनियोजन गरिएको मध्ये सात अर्ब रुपैयाँ अर्थ मन्त्रालयले आयोजनाको खाताबाट फिर्ता गराएको कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ साउन ३ शनिवार ०९:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...