back
NMB ad

सचिवालयको निचोड : सहमतिको विकल्प छैन

Kumari bank ad

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पु¥याउनुपर्ने निचोड निकालेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने गरी नयाँ प्रस्ताव तयार गर्नुपर्ने विषयमा छलफल अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिका आधारमा संवोधन र समाधान गर्ने गरि आवश्यक गृहकार्यलाई समेत जारी राख्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सहमति गरेर अघि बढ्नुपर्ने र नमिलेका विवादका विषय एकता महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने भन्दै एकता महाधिवेशन आगामी मंसिरमा गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सो प्रस्तावलाई अन्य शीर्ष नेताहरुले सकारात्मक रूपमा लिए पनि उनीहरु आश्वस्त हुन नसकेको बताइएको छ ।

सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठान गरेनन् । सचिवालय बैठक निकै सौहार्दपूर्ण रूपमा सञ्चालन भएकाले धेरै विवाद मत्थर हुने क्रममा पुगेको नेताहरुले बताएका छन् ।

अब नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा प्रकरण क्लोज हुने अवस्थामा पुगेको स्रोतको दाबी छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको विवाद समाधानका लागि थप छलफल गरेर टुंगो लगाउने सहमति भएको बताए । नेकपा अध्यक्षद्वय ओली र दाहालसहित शीर्ष नेताहरुले छलफल गरेर विवाद समाधान गर्ने उनले बताए ।

‘पार्टीको समग्र समस्याबारे आज राम्रोसँग छलफल भएको छ तर विवाद समाधान नभए पनि समाधान गर्नुपर्छ भन्नेमा सबैको जोड रहेको छ,’ श्रेष्ठले भने, ‘दुई अध्यक्षसहित शीर्ष नेताहरुले सहमतिमै विवाद टुंग्याउने सहमति भएको छ ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले माग गरेपछि विवाद सुरु भएको हो । तर, ओली दुवै पदबाट राजीनामा नदिने तर जस्तोसुकै परिस्थितिको पनि सामना गरेर अघि बढ्ने अडानमा रहँदै आएका छन् ।

शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपछि अर्का अध्यक्ष दाहालले सांकेतिक समर्थन र थप आश्वस्तता खोजेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले सो प्रस्ताव लिखित रूपमा नै ल्याउनुपर्नेमा जोड दिएका थिए ।

ओलीले महाधिवेशनको प्रस्ताव गरेपछि सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापाले खुृलेर समर्थन गरेका थिए । तर, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले लिखित रूपमा आउनुपर्नेमा जोड दिएका थिए ।

दुई अध्यक्षबीच गोप्य सहमति भएको हुन सक्ने भन्दै नेपाल पक्ष संशकित भएको छ । शनिबारको बैठमा अध्यक्ष दाहाल निकै लचिलो रूपमा पेस भएका थिए । दाहाल पार्टी एकतालाई जोगाउन लचक भएको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए ।

विवाद समाधानका लागि बसेको सचिवालय बैठक सकेर अध्यक्षद्वय ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । नेकपा स्रोतका अनुसार छलफलबाटै विवाद समाधान गरिने भएकाले थप छलफल जारी नै रहनेछ ।

आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक निर्धारित समयमै बस्ने नेकपा प्रवक्ता श्रेष्ठले बताए । १० असारदेखि जारी नेकपा स्थायी कमिटी बैठक १८ असारयता बस्न सकेको छैन । विवाद समाधान गर्न नेताहरुले पटक पटक बैठक स्थगित गर्दै आएका छन् ।

शनिबार सचिवालय बैठकअघि दाहाल निवास खुमलटारमा दाहाल, नेपाल, खनाल, गौतम र श्रेष्ठसहितको बैठक बसेको थियो । यता ओलीले समेत आन्तरिक छलफल जारी नै राखेका छन् । सचिवालय बैठक सुरु हुनुभन्दा अघि दाहाल र ओलीबीच ‘वान टु वान’ छलफल भएको थियो ।

शनिबारको सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्न कुनै हालतमा पनि नदिने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टी र सरकार सञ्चालनका क्रममा आफूबाट कुनै कमजोरी भए आत्मालोचना गर्न तयार रहेको र अन्य नेताहरुले पनि आत्मालोचना गर्नुपर्ने बताए ।

उनले अब मंसिरमा एकता महाधिवेशन गरी सबै विवाद समाधान गरेर नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने बताए । अर्का अध्यक्ष दाहालले मंसिरमा प्रस्ताव गरिएको महाधिवेशनको समर्थन गर्दै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले छलफल र सहकार्य गरौं भन्ने प्रस्ताव राम्रो भए पनि दुई जना मिलेपछि सबैथोक राम्रो हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । -राजधानी दैनिकबाट

वि.सं.२०७७ साउन ४ आइतवार ०८:२७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...