काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन तोलामा रु ३ सय रुपैयाँले बढेको हो ।छापावाल सुनको मूल्य आइतबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ९२ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ साउन ४ आइतवार १०:५२ मा प्रकाशित