काठमाडौंं । मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले यस अघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार ३१ गते सूचीकृत गराएको थियो ।
कम्पनीले १८ दशमलव ५३ प्रतिशत बोनस शेयर वापतको १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भइसकेको शेयर हितग्राही खातामा जम्मा भएपछिमात्र कारोबार गर्न सकिने छ ।
वि.सं.२०७७ साउन ४ आइतवार ११:४३ मा प्रकाशित