back
NMB ad

नेपाल वायुसेवा निगमका ५ चिनियाँ जहाज ग्राउन्डेड हुँदै

Kumari bank ad

काठमाडौं । नेपाल वायुसेवा निगमले तामझामका साथ ६ वर्षअघि भित्र्याएका चिनियाँ जहाज ‘ग्राउन्डेड’ हुने भएका छन् । उडाउँदा वार्षिक ५० करोडभन्दा बढी घाटा भएपछि निगमले साउन १६ देखि ५ वटा जहाजको उडान बन्द गर्न लागेको हो ।

निगमको सञ्चालक समितिका एक सदस्यका अनुसार ६ वटा चिनियाँ जहाज उडाउँदा पाँच आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ हाराहारी नोक्सानी भएको छ । महालेखा परीक्षक कार्यालयले समेत निगमलाई यी जहाजबारे ठोस कार्ययोजना बनाउन भन्दै आएको थियो ।

निगमसँग हाल १९ सिट क्षमताका तीनवटा वाई१२–ई र ५६ सिट क्षमताका दुइटा एमए–६० चिनियाँ जहाज छन् । त्यसबाहेक एउटा वाई१२–ई चैत १५ गते नेपालगन्जमा दुर्घटनामा परेर काम नलाग्ने भएको छ । यी विमान नेपाल सरकारको स्वामित्वका हुन् ।

सरकारले चिनियाँ एक्जिम बैंकको ४ अर्ब ३२ करोड रुपैयाँ सहुलियत ऋण तथा अनुदानमा ०७१ असारमा खरिद गरेर निगमलाई सञ्चालन गर्न दिएको थियो । कान्तिपुर दैनिकमा सुरज कुँवरले खबर लेखेका छन् ।

वि.सं.२०७७ साउन ५ सोमवार ०७:४७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...