back
mega bank Ad
Hero Ad

धादिङ थाक्रेका ब्लड क्यान्सर पिडित बालकको उपचारमा आर्थिक अभाव, सहयोगको लागि अपिल

काठमाडौं । ब्लड कयान्सरबाट पिडित भएका धादिङको थाक्रे गाउपालिका–४ का सुप्रित थापा मगरलाई थप उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेका छन् ।

विगत केही महिनादेखि काठमाडौंको निजामती कर्मचारी अस्तालमा उपचार गराईरहेका साढे दुई वर्षीय थापा आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका हुन् ।

ब्लड क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि जेठ कान्ति बाल अस्पताल र असार ७ गतेदेखि निजामती कर्मचारी अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले बताएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले देश विदेशमा रहेका सम्पूर्ण नेपाली, विभिन्न संघ/संस्थाहरुलाई सहयोग गरिदिन बिरामीका बुवा कपिल थापाले अनुरोध गर्नुभयो ।

आर्थिक सहयोगका लागी बिरामीका ठुलो बुवा बासु थापा मगर ९८५१०८८६७७ सम्पर्क गर्न सकिने छ । यस्तै बैँक खाता नम्बर ०३४००४५२४५३०००११ बासु थापा मगर प्रभु बैँक लि, कलंकी शाखामा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार ०८:०२ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:५४

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा थप ८ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बोनस...