back
NMB ad

सबै सवारी साधन आजदेखि पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । कोरोनाका कारण भएको लकडाउनमा बन्द रहेका सार्वजनिक यातायातका साधन आज (सोमबार)देखि पूर्णरूपमा सञ्चालन हुँदै छन ।

सार्वजनिक यातायात केन्द्रीय महासंघले काठमाडौं उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले १ साउनबाटै सार्वजनिक यातायात सञ्चालन हुने घोषणा गरेको थियो । तर, व्यवसायीले भने लकडाउनले परेको मारका कारण तत्कालै सञ्चालन गर्न नसक्ने भनेका थिए ।

आइतबार महासंघका पदाधिकारी र व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक हमाललाई भेटेर छलफलपछि तत्काललाई काठमाडौं उपत्यकामा सबै गाडी चलाउने र क्रमशः संक्रमण कम भएका जिल्लातर्फ जाने रुटमा समेत सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष किरणकुमार रिजालले बताए ।

‘सरकारले लकडाउनले थलिएका व्यवसायीका मागहरू मौद्रिक नीतिमार्फत केही हदसम्म सम्बोधन गरेको छ, ती व्यवस्थाहरू लागू हुने अवस्था भए हामीले गाडी कुदाउन सक्ने बतायौँ,’ उनले भने ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले क्रमशः प्रदेश र जिल्लातर्फका रुटमा पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने तयारी गर्न व्यवसायीलाई आग्रह गरे । ‘पहिले काठमाडौंमा हेरौँ, त्यसपछि क्रमशः उपत्यकाबाहिर पनि आवश्यकता र संक्रमणको जोखिम हेरेर सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

वि.सं.२०७७ साउन ५ सोमवार ०८:३४ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...