काठमाडौं । हाइड्रोईलेक्ट्रोसिटी इन्भेष्टमेण्ट एण्ड डभेलपमेण्ट कम्पनीले ३ वर्षको नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ ।
कम्पनीले आव २०७२/७३ को ५ प्रतिशत, २०७३/७४ को पनि ५ प्रतिशत र २०७५/ ७६ को १२ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको हो ।
तिन ओटा आवको नगद लाभांश वितरण गर्न बाँकी रहेका शेयरधनीहरुको हकमा शेयरधनीले उपलब्ध गराएको ड्रिम्याट खाता र खाता रहेको बैंकको नाम प्राप्त भएपछि प्रत्येक आवहरुको नगद लाभांश रकम रकमान्तर गर्दै आएको कम्पनीले बताएको छ ।
बैंक खाता नम्बर तथा खाता रहेको बैंकको नाम अद्यावधिक गराउन पनि शेयरधनीहरुलाई कम्पनीले भनेको छ । शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार १२:५९ मा प्रकाशित