back
NMB ad

आजदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु जारी : पसलहरु पूर्ण रूपमा बन्द !

Kumari bank ad

सुर्खेत । जिल्ला प्रशासन कार्यालय बाराले देवताल गाउँपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा एकैदिन ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाभर निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सम्पूर्ण सेवाहरु आजदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ।

अत्यावश्यक औषधी, ग्याँस, दूध, तेल बाहेकमा अन्य सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द गर्ने , अत्यावश्यक कामका बाहेक अन्य कोही पनि नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन नहुने, अत्यावश्यक वस्तु बोक्ने सवारीसाधन बाहेकका सबै बन्देज लगाउने निर्णय भएको छ।

त्यस्तै देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाहरूबाट देवताल गाउँपालिकामा आवतजावत गर्न निषेध गर्ने, गाउँपालिकाभित्र अर्को सूचना जारी नहुँदासम्मको लागि कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रम गर्न गराउन नहुने निषेधाज्ञामा भनिएको छ।

वि.सं.२०७७ साउन ५ सोमवार १९:५२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...