back
NMB ad

लामो दूरीका यातायात सञ्चालन गर्ने सहमति, कहिलेदेखि खुल्छ ?

Kumari bank ad

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् ।

सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर उनीहरूको माग पूरा गरे पनि व्यवसायी अझै तयार भएका छैनन् । सोमबार यातायात व्यवस्था विभागसँग छलफल गरी थप मागमा सहमति गरेका छन् तर कहिलेदेखि यातायात सञ्चालन गर्ने भन्ने कुराको कुनै निश्चित समय तोकिएको छैन ।

लामो र मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सहमति भएको छ । महासङ्घ र विभागबीच सोमबार भएको छलफलमा लामो तथा मध्यम दूरी खुलाउन उच्चस्तरीय समितिलाई निर्णय गर्न विभागले तत्काल सिफारिस गर्ने सहमति भएको छ ।

यातायात मजदुरको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५ प्रतिशत अनुदान गर्ने सहमति भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले जानकारी दिए। कोरोनाका कारण यातायात क्षेत्रमा कुनै पनि किसिमको मानवीय दुर्घटना भएमा क्षतिपूर्तिका लागि कोष स्थापना गर्न सम्बन्धित मन्त्रालयलाई विभागले पहल गर्ने भएको छ ।

यातायात मजदुरलाई आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको स्वयंले व्यवस्था गर्नुपर्ने सहमति भएको छ । उपत्यकाका बस स्टेसनमा स्वचालित सेनिटाइजेसन काठमाडौँ महानगरपालिकाले राख्ने भएको छ तर कहिलेदेखि गाडी सञ्चालन गर्ने भन्ने सवालमा आफूहरूले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने उपाध्यक्ष स्वाँरको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ साउन ६ मंगलवार ०८:०२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...