back
NMB ad

नेपालमा फेरि ठूलो भूकम्प आउनसक्ने चेतावनी ! हेर्नुहोस् यस्तो छ अनुसन्धान प्रतिवेदन

Kumari bank ad

एजेन्सी । नेपालमा फेरि ठूलो भूकम्प आउन सक्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार नेपालमा फेरि ठूलो भूकम्प आउने खतरा देखिएको हो ।

नेपालमा पेट्रोलियम पर्दाको खोजीका क्रममा जमिनमा भित्रबाट फरक तरिकाको आवाज सुनिएको र टेक्टोनिक प्लेट्समा लगातार बदलाव आएको अनुसन्धानकर्ताको निष्कर्ष निकालेका छन् ।

अनुसन्धानकर्ताले नेपालको पश्चिमी क्षेत्रमा अबको भूकम्पले ठूलो क्षती व्यहोर्नुपर्ने जनाएका छन् । नेपालमा आउने भूकम्पका लागि गंगा नदीको बहाव क्षेत्रमुनि भएको परिवर्तन मुख्य जिम्मेवार रहेको इण्डियाटाइम्सले जनाएको छ ।

अल्वर्टा विश्व विद्यालयका अनुसन्धानकर्ता माइक डुवाल र उनको टोलीले नेपालको हिमालय क्षेत्रको जमिनको अध्ययन गरेको थियो । आफूहरुले जमिन भित्रको सतहमा आएको परिवर्तनलाई रेकर्ड गरेको अनुसन्धानकर्ताले बताएका छन् । भूकम्प २०७२ सालभन्दा ठूलो हुनसक्ने अनुमान उनीहरुको छ ।

डुवाल नेतृत्वको टोलीले नेपालको जमिनका विभिन्न तहको अध्ययन गरेको छ । नेपालको पहाडी क्षेत्रको जमिनको तह गंगा नदीको तहसँग जोडिएको छ । गंगा नदीको बहाव क्षेत्रमुनि ठूलो हलचल चलिरहेको र त्यसको आवाज नेपालको हिमालय क्षेत्रमा पनि सुनिएको छ ।

अनुसन्धानकर्ता डुवालले हिमालय क्षेत्रको मुनि जमिनको तह उल्झन प्रकारको देखिएको छ । यो नेटवर्कका कारण ठूलो भूकम्प आउन सक्ने र त्यो लामो समयसम्म शक्ति संचय गरेर धान्न नसक्ने अवस्थामा पुगेको उनको दावी छ ।

नेपालमा सन् २०१५ अर्थात २०७२ वैशाख १२ मा ठूलो भूकम्प आएको थियो । अनुसन्धानकर्ताले नेपालमा छिट्टै ठूलो भूकम्प जाने र त्यसले नेपालको अवस्था भयावह बनाउने दावी गरेका छन् ।

अनुसन्धान प्रतिवेदन हेर्नका लागि  यहाँ क्लिक  गर्नुहोस् ।

वि.सं.२०७७ साउन ६ मंगलवार १४:१८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...