back
NMB ad

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (सूचीसहित)

Kumari bank ad

काठमाडौ । आजदेखि कोरोना महामारीका कारण जारी ‘लकडाउन’ अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय गरेको पनि उहाँले बताउनुभयो । यस्तै, निजी सवारी–साधनमा लगाउँदै आएको जोर–बिजोर प्रणाली पनि हटाइएको छ । मन्त्रिपरिषद् बैठकले साउन १५ गतेबाट होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गर्न पाइने निर्णयसमेत गरेको छ ।

हाल होटलहरु बन्द नै छन् भने रेस्टुरेन्टहरुमा ‘प्याकिङ’ र ‘टेक अवे’ सेवामात्र दिने अनुमति छ । तर, सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन । सरकारका प्रवक्ता डा. खतिवडाले ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने जानकारी दिनुभयो ।

हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको उहाँको भनाइ छ । सरकारी कार्यालयमा हाल भइरहेको दुई ‘सिफ्ट’को व्यवस्था पनि अन्त्य गरिएको छ ।

अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो ।सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।

अन्य निर्णय हेर्नका लागि  यहाँ क्लिक  गर्नुहोस् ।

वि.सं.२०७७ साउन ६ मंगलवार १९:४८ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...