
काठमाडौं । राष्ट्र बैंकले एक हजार रुपैयाँ नयाँ नोट भोलिदेखि चलनचल्तीमा ल्याउने भएको छ । बैंकले राम र लक्ष्मण भनी चिनिने दुर्लभ जुम्ल्याहा हात्तीहरुको चित्र रहेको, संकेत नं.ज/६८ ०००००१ देखि ट/१०० ९९९९९९ सम्मको नयाँ नोट ल्याउने भएको छ ।
एक सूचना निकाल्दै राष्ट्रले पुरानो नोटको आकार तथा रंगमा पहिलेको एक वटा हात्तिको चित्रको सट्टामा नयाँ जुम्ल्याहा हात्तिसहितको नोट चलनचल्तीमा ल्याउने भएको जनाएकोछ ।
नयाँ नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ । यस्तै दायातर्फ ४.०० मिलीमिटर चौडाई भएको चालएमान हुने तथा राष्ट्र बैंक र १००० अंकित भएको सुरक्षण धागो रहेको बैंकले जनाएको छ ।
वि.सं.२०७७ साउन ६ मंगलवार २१:१० मा प्रकाशित