back
NMB ad

आर्थिक वृद्धिदर ९.६ प्रतिशत पुर्याउन ९२ खर्ब लगानी चाहिने

Kumari bank ad

विक्रम सुनार, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ देखि ०८०/८१ सम्मको औषत आर्थिक वृद्धिदर ९.६ प्रतिशत पुर्याउन ९२ खर्ब २९ अर्ब २९ करोड कुल स्थिर लगानी आवश्यक हुने देखिएको छ ।

उक्त आर्थिक बृद्धिदर हासिल गर्न आव २०७५/७६ को मुल्यको आधारमा सो बराबरको लगानी आवश्यक हुने अनुमान गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको पन्ध्रौँ योजनाले यस्तो अनुमान गरेको हो ।

कुल लगानीमा सार्वजनिक क्षेत्रबाट रु. ३५ खर्ब ९८ अर्ब ३२ करोड लगानी हुने अनुमान गरिएको । यसैगरि, निजी क्षेत्रबाट रु. ५१ खर्ब ३४ अर्ब ९ करोड र सहकारी क्षेत्रबाट ४ खर्ब ९६ अर्ब ८७ करोड लगानी हुने आयोगको अनुमान छ ।

आयोगकाअनुसार कुल लगानीमा निजी क्षेत्रको नै बढी हिस्सा हुने देखिएको छ । योजना अवधीभरमा निजी क्षेत्रबाट ५५.६ प्रतिशतको मात्रामा लगानी हुने अनुमान छ ।

यस्तै, सार्वजनिक क्षेत्रको ३९ प्रतिशत र सहकारीको ५.४ प्रतिशत हिस्सा हुने आयोगले जनाएको छ । अनुमानित लगानीको बिषयगत बाँडफाँट अनुसार कृषि, उत्पादन मुलुक उद्योग, विद्युत निर्माण, शिक्षा तथा स्वास्थयमा सरकारी लगानी उल्लेख्य वृद्धि हुने आयोगको अनुमान छ ।

वि.सं.२०७७ साउन ७ बुधवार १०:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...