back
NMB ad

राष्ट्र बैंकले जारी गर्यो नयाँ पुनरकर्जा कार्यविधि, के-के छन् नयाँ व्यवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ पुनरकर्जा कार्यविधी २०७७ जारी गरेको छ । मंगलवार एक सूचना निकाल्दै राष्ट्र बैंकले उक्त कार्यविधि जारी गरेको हो ।

राष्ट्र बैंकले गत हप्ता चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै पुनरकर्जाको सिमा बढाउने लगायतका घोषणा गरेको थियो । सोही अनुसार साविकको कार्यविधिलाई परिमार्जन गर्दै नयाँ कार्यविधि ल्याइएको हो ।

मौद्रिक नीतिमा भनेअनुसार पुनरकर्जा कोषको सिमा ५ प्रतिशतले बढाउने गरिने कार्यविधि ल्याइएको छ । तर, कोरोनाको असर कम हुदैं गएपछि त्यो सिमा घटाउँदै लैजाने कार्यविधिमा उल्लेख छ ।

यस्तै घरेलु, साना तथा मझौला उद्यम पुनरकर्जा, बिशेष पुनरकर्जा र साधारण पुनकर्जा गरेर ३ प्रकारको पुर्नकर्जा प्रदान गरिने राष्ट्र बैंकको भनाइ छ । साधारण पुनरकर्जामा ग्राहकलाई ३ प्रतिशत व्याजदर तोकिएको छ भने अन्य पुनरकर्जामा ५ प्रतिशत व्याजदर निर्धारण गरिएको छ । पुनरकर्जाको अवधी भने १ बर्षको मात्रा हुने बताइएको छ ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा रु ५ करोड हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।

यस्तै, राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा रु.२० करोडसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने बताइएको छ ।

राट्र बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।

विस्तृतमा हेर्नका लागि यहाँ क्लिक  गर्नुहोस् ।

वि.सं.२०७७ साउन ७ बुधवार १०:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...