back
NMB ad

अमेरिकामा १० हजार कर्मचारी भर्ती गर्दै टिकटक

Kumari bank ad

वाशिङ्टन डीसी (अमेरिका) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिकामा १० हजार कर्मचारी भर्ती गर्ने भएको छ । अमेरिकी सरकारले एपमाथि प्रतिबन्ध लगाउने अड्कलबाजी बढिरहेकै बेलामा कम्पनीले यस्तो घोषणा गरेको हो ।

आगामी तीन वर्षमा कम्पनीले ती संख्यामा कर्मचारी भर्ती गर्ने भएको छ । टिकटकको लोकप्रियता बढेसँगै अमेरिकामा कर्मचारीको संख्या बढेको छ । यस वर्षको शुरुमा ५०० भन्दा कम रहेको कर्मचारी संख्या अहिले १ हजार ४०० आसपास पुगेको छ ।

‘सन् २०२० मा टिकटकले अमेरिकामा कार्यरत कर्मचारीको संख्या तेब्बर बनाउने छ, आगामी तीन वर्षमा भने थप १० हजार कर्मचारी भर्ती गर्ने योजना छ,’ कम्पनीका एक प्रवक्ताले भने ।

टिकटक चिनियाँ बहुराष्ट्रिय इन्टरनेट प्रविधि कम्पनी बाइटडान्सको सहायक कम्पनी हो । यस वर्षको अन्त्यसम्ममा कम्पनीमा कर्मचारी संख्या १ लाख पु¥याउने मार्च बाइट डान्सले भनेको थियो । चीनसँगको विवादहरु बढेसँगै अमेरिकाले भने चिनियाँ प्रविधि कम्पनीहरुमा कडाई गरिरहेको छ ।

अमेरिकाले पछिल्लो समय टिकटकमाथि निशाना साँधिरहेको छ । अमेरिकाले बाइटडान्सको म्युजिकल्ली एप खरीद सम्झौताबारे राष्ट्रिय सुरक्षा समीक्षा शुरु गरेको भन्दै गत नोभेम्बरमा अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको थियो ।

बाइटडान्सले अमेरिकी एप म्युजिकल्ली किनेर यसलाई टिकटकमा गाँभेको थियो । अमेरिकाले एपमाथि कडाई गरेसँगै टिकटकले मख्यालयका लागि लन्डन, डब्लिन र सिंगापुरलगायत स्थानहरुबारे सोचिरहेको समाचार बाहिर आएका थिए । -एजेन्सी

वि.सं.२०७७ साउन ७ बुधवार १६:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...