काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बिहीवार तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा तीन कम्पनीको २५ लाख १९ हजार ९१. २२ कित्ता शेयर सूचीकृत भएको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ लाख २० हजार २३१ दशमलव ३२ कित्ता बोनस शेयर, समता लघुवित्त वित्तीय संस्थाको ९१ हजार ८ कित्ता र स्पर्स लघुवित्त वित्तीय संस्थाको १ लाख ७ हजार ८५१ दशमलव ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ साउन ८ बिहीवार ११:५४ मा प्रकाशित