back
NMB ad

सरकारी छाप किर्ते गरी ठगि गर्ने फरार प्रतिवादी पक्राउ

Kumari bank ad

काठमाडौं । सरकारी छाप दस्तखत किर्ते तथा ठगि मुद्धामा फरार प्रतिवादी ललितपुरको सातदोबाटोबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका १० का हरिशरण महत रहेका छन् ।

उनले दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा मालपोत कार्यालय कलंकीको जाहेरि दिएको थियो । उनी विरुद्ध उच्च अदालत पाटनले मिति २०७० साल चैत्रमा २ बर्ष कैद र ३७ लाख ५० हजार जरिवाना भएको समेत तोकिएको थियो ।

उनले साबिक काठमाडौं जिल्ला सितपाइला गाबिस वडा नं ९९ हाल हाल नागार्जुन नगरपालिका ५० निवासी लोप्साङ निजकि श्रीमती च्यूताङ लामाको नाममा भएको कित्ता नं ८१८ क्षेत्रफल २ रोपनि २ आना जग्गा किर्ते गरेका थिए ।

त्यसमा मालपोत कार्यालय कलंकिका खरिदार भिम बहादुर राई समेतको मिलेमतो रहेको खुल्न आएको छ । साथै साबिक सिन्धुपाल्चोक फुलपिङकट्टि गाबिस १ का कमलकुमार श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालतको नक्कलि अधिकृत वारेसनामा बनाई नक्कली नागरिकता र श्रेस्ता पूर्जा खडा गरि क्रेतालाई झुक्यानमा पारि ठगि गरी २०६४ साउन २९ गते साबिक कास्की जिल्ला पोखरा उप महानगरपालिका वडा न १३ बस्ने प्रबिणमान श्रेष्ठलाई ७५ लाखमा बिक्री गरेका थिए । साथै उनलाई पक्राउ पछि फैसला कार्यन्वयनको लागी जिल्ला अदालत काठमाडौं पेश गरिने जनाइएको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १६:५५ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...