back
NMB ad

नेपालको आर्थिक वृद्धिदर जम्मा १.८ प्रतिशत : विश्व बैंक

Kumari bank ad

काठमाडौं । विश्व बैंकले गएको आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशतमा सीमित रहने जनाएको छ ।विश्वबैंकले यसअघि नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि दुई दशमलत ८ प्रतिशतको बीचमा रहने दाबी गरेको थियो ।

तर, आज ‘नेपाल डेभलपमेन्ट अपडेट २०२०’ सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशत मात्रै हुने उल्लेख गरेको छ ।कोरोना भाइरसको महामारीका कारण नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पारेकाले आर्थिक वृद्धिदरमा ठूलो गिरावट आएको विश्वबैंकले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ मा २ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । नेपालले २०७२ सालको भूकम्प पछिका आर्थिक वर्षमा औसतमा साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आएको थियो, तर कोरोनाका कारण गएको आर्थिक वर्ष भने नेपालको आर्थिक वृद्धिदर दुई दशमलव ३ प्रतिशतमा झर्ने सरकारले जनाएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरस, सलहको प्रकोप, प्राकृतिक प्रकोप लगायतका समस्याका कारण नेपालको आर्थिक वृद्धिदर खुम्चिएको बताउनुभयो । तर चालू वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने उहाँको दाबी छ ।

कोरोनाको प्रभाव कायमै रहे पनि चालू आर्थिक वर्ष अर्थात २०७७/७८ मा पनि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बजेटमा उल्लेख छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार १७:१५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...