back
NMB ad

हेर्नुहोस्, यस्तो छ कक्षा ११ को परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि

Kumari bank ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा मूल्यांकन कार्यविधि स्वीकृत गरेको छ। कार्यविधिले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी आधिकारिक रुपमा विद्यार्थी अध्ययनरत विद्यालयलाई नै दिएको छ।

कार्यविधिले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे समेत व्याख्या गरेको छ।

कार्यविधिको परिच्छेद ३ले विद्यार्थीको मूल्यांकन सम्बन्धि व्यवस्था गरेको छ। जस अनुसार कक्षा ११ मा ७० प्रतिशत हाजिर भएका विद्यार्थीलाई मात्रै अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने छ।

सम्बन्धित विद्यालयले कक्षा ११ को अन्तिम परीक्षा सञ्चालन गर्ने मिति र तालिका परीक्षा बोर्डको सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्नेछ।

परीक्षा सञ्चालन र मूल्यांकनका क्रममा प्रयोग भएका प्रश्नपत्र र उत्तरपुस्तिका बोर्डले तोकेको पाठ्यक्रमको ढाँचा अनुसार हुनुपर्नेछ। यी सामग्री बोर्डले मागेको अवस्थामा सम्बन्धित विद्यालयले उपलब्ध गराउनुपर्नेछ।

परिच्छेद ४ ले परीक्षा तथा प्रमाणिकरण समिति सम्बन्धि व्यवस्था गरेको छ। जस अनुसार सम्बन्धित विद्यालयका प्राचार्यको संयाजकत्वमा तीन सदस्यीय समिति रहनेछ। जसमा सम्बन्धित कक्षा शिक्षक र प्राचार्यबाट मनोनित अर्का एक जना शिक्षकलाई सदस्य रहने व्यवस्था छ। कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले हरेक विषयको सैद्धान्तिक तर्फ डी प्लस र प्रयोगात्मक तर्फ सी ग्रेड ल्याउनुपर्नेछ।-अन्नपूर्णपोष्ट अनलाइनबाट

कार्यविधि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ साउन ८ बिहीवार १८:०८ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...