back
NMB ad

जब एक युवती विरोधका लागि निर्वस्त्र सडकमा उत्रिइन्…

Kumari bank ad

एजेन्सी । यतिबेला अमेरिकामा नश्लीय विभेदको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । विरोधका अनेकन शैलीहरु देखिन्छन् ।तर शनिबार राति अमेरिकाको पश्चिम तटीय शहर पोर्टल्यान्डमा भएको विरोध प्रदर्शनमा एउटा यस्तो दृश्य देखियो, जसले सारा संसारको ध्यान खिंचेको छ ।

जब प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हावामा टियर ग्यासको धुवाँ छाड्यो, प्रदर्शनकारीहरु लाखापाखा लागे ।तर त्यही बेला टाउको र मुखमा कालो टोपी र मास्क लगाएकी एक युवती निर्वस्त्र भएर एक कुनाबाट एकाएक सडकमा देखिइन् । निडरतापूर्वक अगाडी बढेकी उनी सुरक्षाकर्मी नजिक पुगेर उभिइन् ।

सडकमा तितरबितर भएका प्रदर्शनकारी मात्रै हेरेका हे¥यै भएनन् अलि पर उभिएका प्रहरीले पनि के गर्ने नगर्ने अन्यौलमा परे र केही कारबाही गर्न सकेनन् । बरु ती युवतीले भने योगका विभिन्न आसन पो गर्न थालिन् ।

सारा मिडियाकर्मी, सुरक्षाकर्मी र प्रदर्शनकारीको ध्यान उनीतिर तानियो र क्यामेरादेखि मोबाइलसम्मले उनको विरोधको उक्त दृश्य कैद गर्यो ।

त्यही दृश्य र तस्वीर अहिले सामाजिक सञ्जालमा संसारभर भाइरल बनेको छ । धेरैले उनको विरोधको शैलीको प्रशंसा गरेका छन् भने केहीले आपत्ति पनि जनाएका छन् ।

सुरक्षाकर्मीका अगाडी विभिन्न आसनमा योग गरेकी उनले केहीबेरपछि सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाइन् । बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीको साहसप्रति धेरैले उनको प्रशंसा गरेका हुन् ।

अमेरिकामा भइरहेको जातीय विभेदविरुद्धको मुद्दामा उनले विरोधका लागि यो शैली अपनाएकी हुन सक्ने बताइएको छ । नग्न तर निकै शान्त हाउभाउमा सडकमा पुगेकी उनी सुरक्षाकर्मीसामु शान्त मुद्रामा ठिंग उभिएकी थिइन् ।

पोर्टल्यान्डमा कुनै उद्देश्यका लागि यसरी सार्वजनिक स्थलमा नाङ्गै भएर उपस्थित हुनुलाई पनि राजनीतिक अभिव्यक्तिका रुपमा लिने गरिन्छ । जसलाई अमर्यादित पनि मानिन्न ।

ती युवती को हुन्न भन्ने परिचय नखुले पनि सामाजिक सञ्जालमा उनलाई ‘नेकेड एथेना’ भनेर भाइरल बनाइएको छ । यसअघि सन् २००८ मा त्यही नग्न साइकल यात्रा गरिएको थियो ।

वि.सं.२०७७ साउन ९ शुक्रवार ०५:४८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...