back
NMB ad

भोलिदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गर्ने निर्णय !

Kumari bank ad

वीरगन्ज । वीरगन्जमा साउन १० गते अर्थात् भोलि शनिवार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले रजानीतिक दल व्यवसायी सहिँतको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

यता शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी बिरगंज महानगरपालिका वडा नं.११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

मुटु रोगबाट ग्रसित ती बृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएको चिकित्सक डा.निरज सिंहले जानकारी दिए ।त्यस्तै मंगलवार कोरोना अस्पताल मैं उपचार गराई रहेका बिरगंज महानगरपालिका वडा नं.६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको विहिवार नेपाली सेनाले अन्त्येष्ठि गरेको थियो । पर्सा जिल्लामा यस अघि विहिवार राती ३० जनामा कोरोना संक्रमण देखा परेसँगै संक्रमितको संख्या ७७ जना पुगेको छ ।

वि.सं.२०७७ साउन ९ शुक्रवार १५:३८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...