back
NMB ad

नेप्सेमा सर्किट ब्रेकरको ढाँचा परिमार्जन गरिँदै : शेयर कारोबार अब ५ घण्टा सञ्चालन हुने

Kumari bank ad

काठमाडौँ । दोस्रो बजारमा कारोबार अवधि बढाएर पाँच घण्टा पु¥याउने तयारी भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गरेको बजारसम्बन्धी अध्ययन प्रतिवेदनको सुझावका आधारमा कारोबार समय बढाउन लागिएको हो ।

‘यसो गर्दा बजारमा स्थायित्व आउने देखियो,’ स्रोतले भन्यो, ‘नेप्से परिसूचक धेरै नबढ्ने तर बजारमा तीव्र उतारचढाव कम हुने अध्ययनले देखाएको छ ।’

अध्ययनको सुझाव कार्यान्वयन भए दैनिक चार घण्टा खुल्दै आएको सेयर कारोबार अब ५ घण्टा खुल्नेछ । ‘कारोबार अवधिमा पाँच घण्टा बनाउँदा बिहान साढे १० देखि साढे तीन पनि हुन सक्छ । ११ देखि चार बजेसम्म पनि गर्न सकिन्छ,’ स्रोतले भन्यो ।

लकडाउनअघि पनि नेप्सेले धितोपत्र बोर्डको निर्देशनका आधारमा परीक्षणका रूपमा कारोबार अवधि ५ घण्टा बनाएको थियो । लकडाउनपछि खुलेको बजारमा त्यसले निरन्तरता पाएन ।

अहिले वास्तविक कारोबार अवधि नै बढाउनेबारे नेप्सेले तयारी थालेको हो । ‘अझै अन्तिम निर्णय भइसकेको छैन,’ स्रोतले भन्यो, ‘नेप्सेको सञ्चालक समितिमा छलफल चलिरहेको छ, सेबोनसँग पनि अनुमति लिनुपर्ने हुन सक्छ ।’

बजारमा अस्वाभाविक उतारचढाव हुँदा नियन्त्रणका लागि प्रयोगमा ल्याइने ‘सर्किट ब्रेकर’ को ढाँचा परिवर्तन गर्दा उपयुक्त हुने सुझाव पनि प्रतिवेदनमा छ । हाल कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से ४ प्रतिशत घट्दा वा बढ्दा २० मिनेट, दोस्रो घण्टामा ५ प्रतिशत बढ्दा वा घट्दा ४० मिनेट र त्यसपछि ६ प्रतिशत नेप्से बढ्दारघट्दा दिनभरका लागि कारोबार बन्द गरिँदै आएको छ । चार प्रतिशतमा सर्किट ब्रेकर लागेर खुलेको बजारमा पाँच प्रतिशत र ६ प्रतिशतमा छिट्टै पुग्ने गरेको छ । यही कारण बजार तीव्र घटबढ हुँदा लगानीकर्ताले लामो समय कारोबार गर्न पाएका छैनन् ।

यही समस्या समाधान गर्न सर्किट ब्रेकरको ढाँचा परिमार्जन गर्नु उपयुक्त हुने सुझाव आएको स्रोतले बताएको छ । ‘तत्काल सम्भव भए सर्किट ब्रेकर लाग्ने प्रतिशत नै बढाएर ६, ८ र १० प्रतिशत पु¥याउने,’ स्रोतले भन्यो, ‘त्यो सम्भव नभए अहिलेको व्यवस्था परिमार्जन गरी ४, ६ र ८ प्रतिशतमा सर्किट ब्रेकर लगाउने व्यवस्था गर्नुपर्छ ।’ लकडाउनपछि खुलेको बजारमा दुई दिन लगानीकर्ताले निकै कम समय (८ देखि १० मिनेट) मात्र कारोबार गर्न पाएका थिए । बाँकी समय सर्किट ब्रेकरमार्फत बन्द थियो ।

नेप्सेलाई नयाँ सूचकांक बनाउने (डेरिभेटिभ) सुझाव पनि अध्ययन प्रतिवेदनले दिएको छ । प्रतिवेदनका अनुसार तत्काल ‘नेप्से ३०’ र ‘बैंक १०’ गरी दुईवटा छुट्टाछुट्टै सूचकांक बनाइनेछ । यसअनुसार नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३० वटा छनोट गरिनेछ । यसरी ३० वटा कम्पनी छान्न नेप्सेले छुट्टै मापदण्ड बनाउनेछ ।

‘नेप्से ३० सूचकांकमा तोकिएको मापदण्ड पुगेकामध्येबाट प्रमुख ३० कम्पनी पर्नेछन्,’ स्रोतले भन्यो, ‘तर हरेक उपसमूहबाट कम्तीमा एउटा कम्पनी समावेश हुनैपर्छ ।’ ‘बैंक १०’ नामक सूचकांकमा उत्कृष्ट १० वाणिज्य बैंक मात्र समावेश गर्ने प्रतिवेदनको सुझाव छ । हाल सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा क्षेत्रका कम्पनीको सेयर हिस्सा करिब ८५ प्रतिशत छ ।

तीमध्ये पनि १० वटा वाणिज्य बैंकले मात्र करिब ३० प्रतिशत सेयर हिस्सा ओगट्दै आएका छन् । ती कम्पनी छनोट गरी नयाँ सूचकांक बनाउन सुझाइएको छ ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २२ अंक बढ्यो । अघिल्लो कारोबार दिनको तुलनामा १.५५ प्रतिशत बढेपछि समग्र नेप्से १ हजार ४ सय ६५.११ बिन्दुमा उक्लिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

वि.सं.२०७७ साउन १२ सोमवार ०७:४२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...