back
NMB ad

दोस्रो घण्टामा ५.८३ अंकले बढ्यो नेप्से, ८३ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री

Kumari bank ad

काठमाडौं । सोमवार शेयर कारोबार भएको दुई घण्टामा नेप्से परिसुचक ५ दशमलव ८३ अंकले बढेको छ । सो अवधिमा रू. ८३ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

नेप्से परिसुचक ५ दशमलव ८३ अंकले वृद्धि भएर १ हजार ४७० दशमलव ९३ विन्दुमा पुगेको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको रू. ८ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको हो ।

यस अवधिमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेण्ट बैंकका शेयरधनीले गुमाएका छन् । बैंकको शेयर मूल्य ९ दशमलव ५२ प्रतिशत घटेको छ । जोशी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

कारोबारमा आएको १२ ओटा समूहमध्ये बैंकिङ समूहका शून्य दशमलव ५२ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ८२ प्रतिशत,अन्य समूहको शून्य दशमलव ७५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलब शून्य २ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसुचक घटेको छ ।

वि.सं.२०७७ साउन १२ सोमवार १३:०३ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...