back
NMB ad

अदुवाको भाउ स्थिर हुँदा किसान हर्षित

Kumari bank ad

इलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् ।

धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ । गत वर्षदेखि एकै किसिमको भाउ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए ।

सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न’, उनले भने, ‘तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ ।’ उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोपेका छन् ।

भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन् । ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए । सडक अवरोधका कारण अदुवा बजार ल्याउन नसक्दा लामो समयसम्म पनि भाउ उही दरमा रहेको उनले जानकारी दिए ।

उनका अनुसार अहिले पनि किसानको भकारीमा ठूलै परिमाणमा अदुवा भए पनि बजार निकाल्न सकस परेको छ । अदुवा बजार निकाल्न नसक्दा किसानको भकारीमै कुहिने डर भएको पौडेलको भनाइ छ ।

किन घटबढ भएन त भाउ ?

बजारमा भारतीय अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ । सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ ।

सानो अदुवाको भाउ उचित आए पनि ठूलो (विकासे) अदुवाको भने उचित भाउ नआएको किसानको गुनासो छ । सानो अदुवाजस्तो फाइदाकारी नहुने, अदुवा कम बिक्नाका कारण भाउ नआएको र कम दाममै अदुवा बेच्न बाध्य भएको अदुवा किसान सरोज पोखरेलको भनाइ छ ।

आफ्नो बारीमा विकासे अदुवा फस्टाएर फल्नाले विकासे अदुवा रोपे पनि अहिले भाउ नआउँदा मनको रू. एक हजार ८०० मै विक्री गर्न बाध्य भएको उनको भनाइ छ । करीब २० मन अदुवाखेती गरेका उनले राम्रै आम्दानी भए पनि अपेक्षाकृत भाउ नपाएको दुखेसो गरे ।

व्यवसायीले विकासे अदुवा सानो अदुवाको तुलनामा बढी फल्नाले श्रमअनुसार भाउ औषत रहेको बताएका छन् । कम लागतमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले विकासे अदुवाको भाउ सन्तोषजनक रहेको व्यवसायीको भनाइ छ ।

नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ । विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ । यस वर्ष पनि समस्या दोहोरिन पुग्यो । लामो समय बन्दाबन्दीका कारण निकासी ठप्प भएको अदुवा केही महीनाअघि पनि भारतीय अवरोध खेप्नुप¥यो ।

बन्दाबन्दी खुले पनि भन्सारबाट कृषिजन्य वस्तु निर्यात हुन नसक्दा व्यवसायीले अनेक दुःख खेप्नुप¥यो । बन्दाबन्दी खुलेपछि कृषिजन्य वस्तु बोकेर झापाको मेची भन्सार पुगेका ट्रक भारत प्रवेश गर्न नसकेपछि मेची नदीको पुलमा लामो समय अड्केका थिए ।

वि.सं.२०७७ साउन १३ मंगलवार १०:२६ मा प्रकाशित

You can share this post!

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...