back
NMB ad

विदेशमा ४ सय ५६ नेपालीको मृत्यु, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन। कोरोनासँगै आत्महत्यालगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ।

मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश गएकाहरू धेरै रहेको विभागका निर्देशक जंगबहादुर गुरुङले बताए। निर्देशक गुरुङका अनुसार कोरोना महामारीसँगै विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै छ। ‘यो अवधिमा कोरोना भाइरसबाट मात्र नेपालीले ज्यान गुमाएका छैनन्, यहाँ आत्महत्याको पक्ष पनि छ’, उनले भने, ‘जागिर गएको र लकडाउनका कारण उकुसमुकुस भइरहेको अवस्थामा आत्महत्या गर्नेको संख्या बढेको होला।’

सामान्य समयभन्दा लकडाउन अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढेको उनको भनाइ छ। ‘अरू बेला यति छोटो समयमा यति धेरै थिएन जस्तो लाग्छ’, उनले भने, ‘यो बेला मृत्यु हुने संख्या बढेको हो कि जस्तो देखिएको छ।’

विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी साउदी अरबमा १ सय ५८ नेपालीले ज्यान गुमाएका हुन्। यही अवधिमा यूएईमा ८०, कतारमा ७५, मलेसियामा ६६, कुवेतमा २२, जेद्दाहमा १३, बहराइनमा १०, दक्षिण कोरियामा ८ र अन्य मुलुकमा १४ जनाले ज्यान गुमाएको देखिन्छ।

यही अवधिमा ९८ नेपालीको शव नेपाल ल्याइएकोे छ। साउदीबाट ५३, कतारबाट २३, कुवेतबाट १०, बहराइनबाट ७, जेद्दाहबाट २, यूएई, मलेसिया र अन्य राष्ट्रबाट १/१ जनाको शव नेपाल ल्याइएको विभागको तथ्यांकले देखाउँछ।

१ सय ६४ जनाको शव विदेशमै दाहसंस्कार गर्न उनीहरूका परिवारले मञ्जुरी दिएका छन्। विभागका अनुसार यूएईमा ५८, साउदीमा ३७, कतारमा २५, कुवेतमा १०, मलेसियामा ८, दक्षिण केरियामा ५, बहराइनमा ३, जेद्दाहमा ३ र अन्य मुलुकमा १५ जना नेपालीको शव दाहसंस्कार गर्ने मञ्जुरीनामा भएको विभागको तथ्यांकमा उल्लेख छ।

८५ जनाको शव स्वदेश ल्याउन निवेदन परेको विभागले जनाएको छ। जसमध्ये साउदीबाट ३९, यूएईबाट १३, मलेसियाबाट १२, कतारबाट १०, दक्षिण कोरियाबाट ३, कुवेतबाट २, जेद्दाहबाट १ र अन्य मुलुकबाट पाँच नेपालीको शव स्वदेश फिर्ता ल्याउन निवेदन परेको विभागले जनाएको छ।

१ सय ९ जनाको शव भने स्वदेश ल्याउने तयारी छ। मलेसियाबाट ४५, साउदीबाट २९, कतारबाट १७, यूएईबाट ८, जेद्दाहबाट ७ र अन्य मुलुकबाट ३ शव ल्याउन लागिएको विभागले जनाएको खबर आजको अन्नपुणर् पोस्टले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार ०८:०३ मा प्रकाशित

You can share this post!

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...