काठमाडौ । के तपाई जागिरको खोजिमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने राष्ट्रिय सहकारी महासंघमा जागिर खुलेको छ । एक सुचना जारी गर्दै महांघले विभिन्न पदमा १० जना कर्मचारीको माग गरेको हो ।
बाँके, कैलाली, दाङ र सुर्खेतका लागि सामाजिक परिचालक र जूनियर कृषि प्राविधिकका पदमा १० कर्मचारीको माग गरेको सूचनामा उल्लेख छ । महासंघका अनुसार सामाजिक परिचालकका लागि ४ जना र जूनियर कृषि प्राविधिकका लागि ६ जना कर्मचारी माग गरिएको हो । ईच्छुक तथा योग्यता पुगेकाहरुले तलको तालिकामा हेरेर सम्पर्क गर्न सक्नेछन् ।
वि.सं.२०७७ साउन १५ बिहीवार १०:३५ मा प्रकाशित