back
NMB ad

आज पनि अजोड इन्स्योरेन्सको शेयर कारोबार हुन सकेन

Kumari bank ad

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर कारोबार बिहीवार पनि हुन सकेन । साउन १३ गते मंगलवारदेखि कारोबार हुने गरि साउन १२ गते उक्त कम्पनीले धितोपत्रको दोस्रो बजारमा शेयर सूचीकृत गराएको थियो ।

आईपीओको पहिलो कारोबार प्रि– ओपनिङ सेसन मार्फत हुने व्यवस्था छ । प्रि– ओपनिङ सेसनमा कारोबार भई ओपनिङ प्राइस तय भएपछि मात्र निरन्तर कारोबार सत्रमा कारोबार हुने व्यवस्था बमोजिम उक्त कम्पनीको शेयर कारोबार हुन नसकेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारका लागि रू.८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेकोमा सोहि सीमाभित्र रहेर प्रि–ओपनिङ सेसनमा खरीद आदेश प्राप्त भएपनि विक्री आदेश नहुँदा बिहीवार पनि कारोबार हुन नसकेको नेप्सेले बताएको छ ।

उक्त कम्पनीले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराइसकेको छ ।

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३० लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो ।

वि.सं.२०७७ साउन १५ बिहीवार ११:५३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...