back
NMB ad

राष्ट्रिय गाैरवका आयोजना निर्माणमा समस्या

Kumari bank ad

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरीय रुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ । वर्षौदेखि निर्माण शुरु भएका गौरवका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुन सकेका छैनन् ।

राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेल आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउनुहुन्छ । गौरवका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकाले यसमा गम्भीरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । आयोजना निर्माणमा अहिले वातावरणीय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उहाँले बताउनुभयो ।

विभिन्न मन्त्राललयका सचिवहरुले स्रोतको समस्याका कारण गौरवका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन् ।राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले लकडाउनका कारण केही आयोजनाहरु प्रभावित भएपनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विभिन्न विमानस्थलहरु निर्माणका काम सन्तोषजनक रहेको बताउनुभयो ।

निजगढ विमानस्थलमा भौतिक प्रगति उल्लेख नभएपनि अदालतको फैसला आएपनि बाँकी प्रकृया अगाडि बढाइने उहाँले बताउनुभयो । पशुपति गुरु योजना अनुसार ८४ प्रतिशत काम सम्पन्न भएको र लुम्बिनी क्षेत्र विकासको काम ८५ प्रतिशत सकिएको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुष्पलाल मध्यपहाडी र लोकमार्गमा ५३ प्रतिशत काम भएको बताउनुभयो । गत आर्थिक वर्षमा १ सय ११ किलोमिटर गरी अहिलेसम्म आधा भन्दा बढी सडक कालोपत्रे भएको उहाँले बताउनुभयो । हुलाकी सडकको ५५ प्रतिशत कम सम्पन्न भएको छ । गौरवका आयोजना निर्माणमा स्रोतको समस्या देखिएको उहाँले बताउनुभयो ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश घिमिरेले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ७१ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । मुख्य सुरुङका लागि परामर्शदाता विज्ञहरु ल्याउनुपर्ने भएपनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समस्या भइरहेको उहाँले बताउनुभयो । बुढीगण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख बराबरको मुआब्जा वितरण भएको उहाँले बताउनुभयो ।

कुल ५८ हजार १ सय ५३ रोपनीमध्ये अहिलेसम्म ४७ हजार ३ सय ३९ रोपनीको मुआब्जा वितरण भएको उहाँले तबाउनुभयो । सिक्टा सिँचाई आयोजनाको ६३ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम तर्फको ४५ किलोमिटर मूल नहर तयार भइसकेको छ । गत वर्ष आयोजनाबाट १६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको छ । बाँकेमा मात्रै ९० प्रतिशत क्षेत्रमा सिक्टा सिँचाईको पानीले रोपाई गरिएको छ । रानी जमरा गुलरिया आयोजनामा ४८ प्रतिशत प्रगति भएको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार १६:०७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...