back
NMB ad

वाणिज्य बैंकहरुको संख्या आधा घटाउँदै राष्ट्र बैंक, यी हुन् मर्जरको तयारीमा रहेका बैंकहरु !

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउने नीति अगाडि सारेको छ । बैंकहरुलाई मर्जरमा जान बाध्य बनाएर चालु आर्थिक वर्षभित्रै वाणिज्य बैंकको संख्या आधासम्म घटाउने केन्द्रीय बैंकका एक उच्च अधिकारीले बताए ।

अहिले वाणिज्य बैंकहरुको संख्या २७ छ । “बढीमा १३/१४ वटा बलिया बैंक भए पुग्छ भन्ने हाम्रो निर्क्यौल हो”, ती अधिकारीले भने । शुरुमा एउटै व्यावसायिक समूहले प्रवर्द्धन गरेका बैंकलाई एक आपसमा गाभ्ने राष्ट्र ब्याङ्कको तयारी छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई गाभिन (मर्जर) का लागि बाध्यकारी बनाउने नीति सार्वजनिक गरेको थियो ।

मौद्रिक नीतिमा भएका व्यवस्थाहरुको कार्यान्वयनका लागि जारी गरिएको एकीकृत निर्देशनमा एकाघर परिवारको स्वामित्व भएका ब्याङ्कलाई मर्जरमा जान बाध्य बनाउने उल्लेख छ।

एकीकृत निर्देशनको ३७ नम्बर बुँदामा ‘एउटै व्यक्ति तथा समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार र व्यावसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्वमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकलाई एक आपसमा गाभिन निर्देशन दिने’ व्यवस्था उल्लेख छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले शुरुमा एकै समूहद्वारा प्रवर्द्धिधत बैंकहरुलाई आपसमा गाभिन प्रोत्साहित गरिने र अटेर गरेमा मर्जरमा जान निर्देशन दिने बताए।

केन्द्रीय बैंकले एकाघर परिवारको स्वामित्व भएका वा एउटै व्यावसायिक समूहले प्रवर्द्धन गरेका बैंकहरुको विषयमा थप अध्ययन गर्न लागेको छ । ‘क्रसहोल्डिङ’ (एउटै समूहको दुई वा दुईभन्दा बढी बैंकमा लगानी) भएका बैंकको विवरण लिएर तिनलाई मर्जरमा लैजाने राष्ट्र बैंकको तयारी छ ।

ठूला बैंकहरुलाई मर्जरमा लैजाने गभर्नर महाप्रसाद अधिकारीको पुरानै अजेण्डा हो । राष्ट्र ब्याङ्कमा डेपुटी गभर्नर भएका वेला पनि बैंकहरुको चुक्ता पूँजी रु. २ अर्बबाट बढाएर आठ अर्ब पु¥याउन अधिकारीले नेतृत्वदायी भूमिका खेलेका थिए । राष्ट्र बैंकको पूँजी वृद्धिको निर्णयपछि वाणिज्य बैंकहरुको संख्या ३२ बाट घटेर २७ मा झरेको थियो।

मर्जरको तयारी

राष्ट्र बैंकको निर्देशनपछि एकाध महीनाभित्रै दुई ठूला वाणिज्य बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट आपसमा गाभिने सम्भावना बढेको छ । यी दुई बैंकका सञ्चालकहरुले बैंकलाई गाभ्ने सन्दर्भमा प्रारम्भिक छलफल र तयारी शुरु गरिसकेका छन् । “दुई–तीन महीनादेखि नै मर्जरको विषयमा छलफल गरिरहेका थियौं, राष्ट्र बैंकले मर्जरका लागि थप प्रोत्साहन गरेका कारण सकभर छिटै मर्जरको प्रारम्भिक समझदारी गर्ने तयारी छ”, हिमालयन बैंकका एक सञ्चालकले भने।

हिमालयन र इन्भेष्टमेन्ट बैंक दुवैका मुख्य प्रवर्द्धक नजिकका नातेदार हुन् । हिमालयन बैंकका प्रवर्द्धक तथा प्रमुख सल्लाहकार हिमालय शमशेर राणा र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे पारिवारिक सम्बन्ध भएका नजिकका नातेदार हुन् । पाँडेको हिमालयन बैंकमा पनि लगानी छ ।

त्यस्तै, हिमालयन बैंकमा हिमालयका छोरा अशोक राणा प्रमुख कार्यकारी अधिकृत पदमा छन् । लक्ष्मी बैंकको मुख्य प्रवर्द्धक खेतान समूहको पनि हिमालयन बैंकमा लगानी छ।

राष्ट्र बैंकको नीति कार्यान्वयन भए एनआईसी एशिया र एनएमबी बैंक पनि आपसमा गाभिन बाध्य हुनेछन् । एनआईसी एशिया बैंकको मुख्य प्रवर्द्धक विशाल समूह हो । यो समूहको लगानी एनएमबी बैंकमा पनि छ । त्यस्तै, अर्को व्यावसायिक समूह सांघाईका प्रवर्द्धकहरुले दुबै बैंकमा लगानी गरेका छन्।

त्यसैगरी, नेपाल बंगलादेश र एनसीसी बैंकमा पनि एउटै व्यावसायिक समूहको लगानी छ । सनराइज र सिद्धार्थमा पनि मारवाडी समुदायका पारिवारिक सम्बन्ध भएका प्रवर्द्धकको लगानी छ । राष्ट्र बैंकको निर्देशन अनुसार, यी बैंकहरु पनि एक–आपसमा मर्जरमा जानुपर्नेछ।

वाणिज्य बैंकहरुमध्ये साना र कमजोर मानिएका बैंकलाई पनि मर्जरमा लैजाने केन्द्रीय बैंकको योजना छ । सिभिल, सेन्चुरी, मेगा जस्ता बैंकलाई पनि बलिया बैंकसँग मर्जरमा लैजाने तयारी छ । कतिपय यस्ता बैंकले मर्जरका लागि साझेदारको खोजी गर्न छलफलको प्रक्रिया शुरु गरिसकेका छन्।

त्यस्तै, बैंक अफ काठमाण्डु, कुमारी जस्ता मध्यम स्तरका बैंक पनि बलियो संस्था बन्न मर्जरमा जानसक्ने अनुमान गरिएको छ।राष्ट्र बैंकको नीति अनुसार, सरकारी लगानीका तीन बैंक कृषि विकास, वाणिज्य र नेपाल बैंक पनि एक आपसमा गाभिनुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुको पूँजीको आधार दरिलो बनाई जोखिम वहन क्षमता सुदृढ तुल्याउन वाणिज्य बैंकलाई गाभ्ने नीति अगाडि सारिएको मौद्रिक नीतिले उल्लेख गरेको छ ।-हिमालखबरबाट साभार

वि.सं.२०७७ साउन १६ शुक्रवार १५:३७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...