back
NMB ad

सीएमसी बागलुङको टोली आदर्श सञ्चारमा

Kumari bank ad

बागलुङ । कोअपरेटिभ म्यानजेर्स क्लव (सीएमसी) बागलुङ र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका कर्मचारीहरुबीच शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्लवले हरेक हप्ताको शुक्रवार जिल्लामा सञ्चालित सहकारीमा स्थलगत रुपमा पुगेर संस्थाका कर्मचारीहरुसंग अन्तरक्रिया कार्यक्रम गर्ने योजना अनुसार पहिलो पटक आदर्श सञ्चार सहकारीका कर्मचारीहरुसंग अन्तरक्रिया गरिएको क्लवका अध्यक्ष दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

सहकारीका कर्मचारीहरुबीच अनुभव आदान प्रदानका साथै क्षमता विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सहकारीहरुमा स्थलगत भेटघाट तथा अन्तरक्रिया शुरु गरिएको राजभण्डारीले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइनका सम्पादक रामबहादुर जिसीले कर्मचारीहरुबीचको ऐक्यवद्धता र समन्वयले सहकारी क्षेत्रलाई थप प्रभावकारी गराउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नु भयो ।

सहकारी क्षेत्र आम जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणको माध्यम भएकाले यसलाई थप व्यवसायिक रुपमा अगाडि बढाउनका लागि कर्मचारीहरुको दक्षता अभिवृद्धि, प्रविधिमैत्री र निरन्तरतामा जोड दिनु पर्छ, जिसीले भन्नुभयो–सहकारीका कर्मचारीले आफ्नो काँधमा जागिर संगै समाज रुपान्तरणको जिम्मेवारी समेत छ भन्ने सोचेर काम गर्नु पर्छ ।

जिल्लामा रहेका सबै सहकारीका कर्मचारीहरुलाई सहकारीको मर्म, भावना र सिद्धान्त अनुसार व्यवसायिक रुपमा अगाडि बढ्नका लागि प्रेरित गर्न क्लव निरन्तर क्रियाशिल रहने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

उहाँले क्लवका पदाधिकारी तथा सदस्यहरु प्रत्येक हप्ताको शुक्रवार एउटा सहकारी संस्थामा पुगेर कर्मचारीहरुसंग परिचयात्मक कार्यक्रमका साथै अन्तरक्रिया गर्ने अभियान शुरु गरिएको जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रमको सञ्चालन कोअपरेटिभ म्यानेजर्स क्लव बागलुङका सचिव ताराप्रसाद शर्माले गर्नु भएको थियो । बागलुङ जिल्लामा सञ्चालित सहकारीहरुका कर्मचारीहरुलाई एकतावद्ध गरी उनीहरुको क्षमता विकाससंगै सहकारीको व्यवसायिक विकासमा योगदान गर्ने उद्देश्यका साथ गत असारमा कोअपरेटिभ म्यानेजर्स क्लव बागलुङ गठन गरिएको सचिव शर्माले जानकारी दिनुभयो ।

वि.सं.२०७७ साउन १६ शुक्रवार २०:३६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...