काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्नुभएको छ ।
बकर ईदको अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले विविधता बीचको एकता मौलिक पूँजी भएको र यसका माध्यमबाट देशलाई विकास र समृद्धिमा नयाँ उचाइमा पुर्याउनुपर्ने उल्लेख गर्नुभएको छ ।
“मुस्लिम समुदायको यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने छ भन्ने मेरो विश्वास छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ। मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने हाम्रो राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा ब्यक्त गर्दछु । साथै उहाँले, समृद्ध–नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा हार्दिक आह्वान समेत गर्नुभएको छ ।
बकर ईदलाई करिव चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्बानी ९बलिदानी० को सम्झनास्वरुप मनाइने पर्वका रुपमा लिइन्छ ।
वि.सं.२०७७ साउन १७ शनिवार ०८:१३ मा प्रकाशित