back
NMB ad

शुरु भयो अजोड इन्स्योरेन्सको दोश्रो बजारमा शेयर कारोबार

Kumari bank ad

काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको सातादिनपछि बल्ल आइतवार भएको छ । कम्पनीले साउन १३ गतेदेखि कारोबार शुरु हुने गरि गत साउन १२ गते शेयर नेप्सेमा सूचीकृत गराएको थियो ।

सूचीकृत भई कारोबार खुला भएको चौथो कारोबार दिन आइतवार भने उक्त कम्पनीको प्रि–ओपनिङ सेसनमा कारोबार भएपछि निरन्तर कारोबारका लागि बाटो खुलेको हो । प्रि–ओपनिङ सेसनमा उक्त कम्पनीको रू. २९१ मा १३० कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

यस दिन रू. २९१ मा खुला मूल्य रहेको उक्त कम्पनीको शेयरमूल्य अधिकतम रू. ३२० सम्म मूल्य पुगेको छ । ११ स् ३१ बजेसम्ममा उक्त कम्पनीको ३ लाख ९१ हजार ९२ कित्ता शेयर खरीदको माग छ भने विक्रीका लागि कुनैपनि आवेदन आएका छैन । कम्पनीको शेयर खरीदका लागि प्रतिकित्ता रू. ३२० सम्मको माग रहेको छ ।

उक्त कम्पनीले संस्थापकतर्फको ७० प्रतिशत र सर्वसाधारण तर्फको ३० प्रतिशतका दरको रू. १ अर्ब बराबरको १ करोड कित्ता शेयर सूचीकृत गराएको छ । नेप्सेले पहिलो कारोबारका लागि रू. ८७ देखि रू. २९१ सम्मको सीमा प्रदान गरेको थियो ।

वि.सं.२०७७ साउन १८ आइतवार ११:५९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...