back
NMB ad

साताको पहिलो कारोबार दिन नै नेप्से ऋणात्मक : ४२ अंकले घट्यो, पौने दुई अर्बको शेयर किनबेच

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोवार दिन नै नेप्से ऋणात्मक देखिएको छ । आज नेप्से ४२ दसमलव ७८ अंकले घटेर १३ सय ९६ दसमलव २८ बिन्दुमा झर्दा सेन्सिटिभ पनि आठ दसमलव १८ अंकले घटेर दुई सय ९२ दसमलव ७७ बिन्दुमा झरेको छ ।

नेप्सेमा आज एक सय ८९ कम्पनीहरुको २७ हजार आठ सय ६० वटा कारोवार भएकाछन्। जसअनुसार ४६ लाख ६१ हजार छ सय आठ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम एक अर्ब ८४ करोड १२ लाख ४२ हजार तीन सय ३२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएपनि १२ वटा समुहको सुचक ओरालो लाग्दा नेप्से पुरै रातो देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव ४८ अंकले घटेर ११ सय ९७ दसमलव चार बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ३१ दसमलव ६६ अंकले घटेर छ हजार तीन सय ४४ दसमलव ९३ बिन्दुमा झरेको छ ।

बिकास बैंक, जलबिद्युत, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक घटेर रातै भएकाछन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आरम्भ चौतारी लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९८ पैसाले बढेर फाँच सय ९५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७२ पैसाले घटेर ६५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय ८६ रुपैयाँ अन्तिम मुल्यमा २२ करोड ६५ लाख १७ हजार ७५ रुपैयाँको कारोवार भएको छ ।

वि.सं.२०७७ साउन १८ आइतवार १५:२० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...