back
NMB ad

आजदेखि सात दिने कर्फ्यु आदेश जारी गर्ने निर्णय

Kumari bank ad

राजविराज । जिल्ला सुरक्षा समिति सप्तरीले जिल्लाभरि सात दिनको लागि निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले आज बिहान ५ बजेदेखि २६ गते साँझ ५ बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यले बैठकपछि जारी गरेको निषेधाज्ञामा हालसम्म ५३१ जना सङ्क्रमितको सङ्ख्या पुगेको र सङ्क्रमितमध्ये राजविराज नगरपालिकामा एक जनाको मृत्युसमेत भइसकेको अवस्थामा सजगता अपनाउन, सङ्क्रमणको विस्तार रोक्न, तथा चेतनामूलक र प्रबन्धनात्मक कार्यहरू आवश्यक रहेको भन्दै कोभिड–१९ को सङ्क्रमणको प्रभावकारी रोकथाम तथा नियनत्रणको लागि अत्यावश्यक कार्यबाहेक कार्य नगर्न निषेधाज्ञा आदेश जारी गरिएको बताएका थिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरसहित जिल्लाभरि निषेधज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीको निषेधज्ञा आदेशमा भनिएको छ ।

निषेधाज्ञा आदेशमा औषधि पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा र मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैङ्किङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवा/स्थलहरूमा अनावश्यक आवतजावत, हिँडडुल नगर्न/नगराउन भनिएको छ ।

आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने व्यहोरा सूचित गर्दै उल्लेखित सेवाअन्तर्गतका कार्यहरूसमेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कतासम्बन्धी मापदण्डहरूको पूर्ण पालना हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार ०८:०६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:४०

काठमाडौं । सरकारले आज वैशाख ११ गते सार्वजनिक विदा दिएको...

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२४

काठमाडौँ, ११ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर...

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:१८

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको...

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...