back
NMB ad

महामारी र संकटलाई विरोधको अवसर नठानौं : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने वताउनु भएको छ ।

कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौति भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने वताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र सफल नहुने जनाउँदै जति धेरै जनचेतना जगाउन सक्यो यस विरुद्धको लडाईं त्यति छिटो सफल हुने वताउनु भयो । ‘कोभिड–१९ को विश्वब्यापी महामारी नियन्त्रण सरकारले गर्ने काम र प्रयासले मात्र सम्भव छैन, जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोना बिरुद्धको लडाईं जित्न त्यति सजिलो हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले यस्ता राष्ट्रिय संकट र महामारीलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति बढेकाले यस्तो प्रबृत्ति त्याग्नु पर्ने वताउनु भयो । ‘यस्तो संकट र महामारीलाई पनि विरोध गर्ने अवसरका रुपमा लिने प्रबृत्ति बढेको छ, यसलाई बदल्नु पर्छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, कहिले लकडाउन किन नगरेको भनेर विरोध, कहिले किन लकडाउन नखोलेको भनेर विरोध । सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्छ, यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसावले कमजोर रहेको अवस्थामा पनि सबै प्रवन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको वताउनु भयो । ‘हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेका होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसावले हामी कमजोर थियौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशहरुको तुलनामा सफलता हासिल गरेका छौं ।’

उहाँले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविक रुपमा लिने वताउँदै फरक आस्था र विश्वासकै कारण राम्रो कामको पनि विरोध गर्ने प्रबृत्तिसँग भने सजग रहनु पर्ने वताउनु भयो । ‘जनताका सामान्य असन्तुष्टि र आक्रोशलाई स्वाभाविक मान्न सकिन्छ, तर जे ग¥यो त्यसको आँखा चिम्लेर विरोध गर्ने जुन परिपाटी छ, त्यसले सही बाटो देखाउँदैन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘विरोध एउटा विषयमा गरेको हुन्छ, विरोधको उद्देश्य अर्कै कुरासँग गाँसिएको हुन्छ । भर्खर गाउँ गाउँमा निकासा दिएएको रकमको हिसाव खै भन्ने शैलीको विरोध हुन्छ ।’

प्रधानमन्त्री ओलीले असल कामको समर्थन र गलत कामको विरोध गरे विरोधको पनि नैतिक हैसियत रहने वताउनु भयो । ‘विरोध भयो खराव काम गरिएछ कि भन्ने अवस्था नै रहेन, सरकारले गरेको भनेपछि जस्तो भए पनि विरोध गर्नु कर्तब्य हो भनेजस्तो भयो’ प्रधानमन्त्रीले भन्नुभयो, ‘असल कामको समर्थन र खराव कामको विरोध गरे, विरोधको पनि नैतिक हैसियत हुन्थ्यो । यहाँ त जे ग¥यो त्यसको विरोध, कसैले राम्रो भयो भने त्यसलाई पनि खेद्ने काम हुन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पीसीआर परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको र हालसम्म ४ लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागि हुनुहुन्थ्यो ।

वि.सं.२०७७ साउन २० मंगलवार १७:२९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...