back
NMB ad

दुई हप्ताका लागि लकडाउन घोषणा, तोकियो पसल खोल्ने समय !

Kumari bank ad

सुनसरी । कोरोना संक्रमण बढेपछि सुनसरीको दुहवी नगरपालिका पनि लकडाउन गरीएको छ । दुहवी नगरपालिकाले साउन २६ गतेसम्मका लागि नगरपालिका कार्यालय बन्द गर्ने घोषणा गरेको छ भने, नगरपालिका पनि दुई हप्ताका लागि लकडाउन गर्न निर्णय गरेको छ ।

दुहवीमा नगरपालिकाका कर्मचारी सहित चार जना कोरोना संक्रमित पुष्टि भएपछि संक्रमण बढ्न नदिन नगरपालिका क्षेत्रलाई लकडाउन गरीएको दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले बताए ।

उनले कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन यस्तो गरीएको बताउँदै नगरपालिका आफैंले पनि मास पिसिआर परीक्षण अगाडी बढाएको जनाए ।

लकडाउन अवधिभर अति आवश्यक वाहेक सबै प्रकारका पसलहरु बन्द रहनेछन् । खाद्यान्न, तरकारी लगायतका पसलहरु विहान ८ बजेदेखि १ बजेसम्म खोल्न दिने भनिएको छ । दुहवीमा लकडाउनको निर्णय उल्लंघन गर्नेलाई पाँच हजारसम्म जरीवाना गर्ने भनिएको छ ।

वि.सं.२०७७ साउन २० मंगलवार १९:४६ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...