back
NMB ad

काठमाडौं उपत्यकामा लाइसेन्स वितरण स्थगित

Kumari bank ad

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट वितरण हुँदै आएको सवारी अनुमतिपत्र (लाइसेन्स) वितरण हाललाई स्थगित गरेको छ । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण कार्य रोकेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा वृद्धि हुँदै गर्दा सेवाग्राहीको अत्यधिक भीडका कारण हाललाई सेवा स्थगित गरिएको कार्यालयहरूले जनाएका छन् ।

चावहिलस्थित कार्यालय प्रमुख विष्णुकुमार भट्टराईले अत्यधिक भीडका कारण हाललाई वितरण स्थगित गरिएको र केही दिन स्थगित गरेर व्यवस्थित गर्ने योजना भएको जानकारी दिए । ‘भीड अत्यधिक बढ्यो, हामीले सामाजिक दुरी कायम गरिदिनुस् भन्दा पनि मान्नुभएन त्यसैले केही दिन स्थगित गरेर अलिक व्यवस्थित गरौं भन्नेमा छौं,’ उनले भने ।

कार्यालय प्रमुख भट्टराईका अनुसार जोर बिजोर प्रणाली गर्ने, २ बजेपछि पनि वितरण गर्नेलगायतका विषयमा के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । राजधानी दैनिकमा समाचार छ ।

वि.सं.२०७७ साउन २१ बुधवार ०७:५१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...