काठमाडौं । सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागू रहने मिति सार्वजनिक गरेको हो। सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयलको विज्ञप्तिअनुसार धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको हो’ ।
वि.सं.२०७७ साउन २१ बुधवार १७:४४ मा प्रकाशित