back
NMB ad

२५० प्रतिशतसम्म बढ्यो तरकारीको भाउ

Kumari bank ad

काठमाडौं । विगत ३ हप्तादेखि काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक रूपले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको ३ हप्तामा तरकारीको मूल्यमा २ सय ५० प्रतिशतसम्म वृद्धि भएको पाइएको छ ।

प्रभावकारी अनुगमनको अभावका कारण वर्षा लागेको बहानामा बिचौलियाहरू हाबी भई मूल्य अत्यधिक बढाइएको छ । साउन १ गते थोक मूल्य प्रतिकिलो १२ रुपैयाँ रहेको सानो गोलभेडाको मूल्य गएको ३ हप्तामा २ सय ५० प्रतिशतले वृद्धि भई ४२ रुपैयाँ पुगेको छ ।

घिउ सिमीको मूल्यमा करीब २ सय ३ प्रतिशतले वृद्धि भई प्रतिकिलो ३८ रुपैयाँबाट १ सय १५ रुपैयाँ कायम भएको छ । रातो आलुको मूल्य ३१ प्रतिशतले वृद्धि भई प्रतिकिलो ५१ रुपैयाँबाट ६७ रुपैयाँ पुगेको छ ।

तीते करेलाको मूल्यमा ८० प्रतिशतले वृद्धि भई प्रतिकिलो २५ बाट ४५ रुपैयाँ पुगेको छ । घिरौलाको मूल्यमा ५७ प्रतिशतले वृद्धि भई प्रतिकिलो ३५ बाट ५५ रुपैयाँ पुगेको छ । अधिकांश तरकारीको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रभावकारी रूपले अनुगमन गर्न नसक्दा बिचौलियाहरू हाबी भएकाले तरकारीको मूल्य अत्यधिक वृद्धि भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको बुझाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार ०८:२८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...