काठमाडौं । सुनको मूल्य उकालो लाग्नेक्रम जारी छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा किनबेच भएर नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।
बुधबारको तुलनामा सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख २ हजारमा किनबेच भएको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा नयाँ रेकर्ड बनाएको छ ।
वि.सं.२०७७ साउन २२ बिहीवार १२:४४ मा प्रकाशित