back
NMB ad

कर्मचारीहरुको तलबमा ३८ प्रतिशतसम्म कटौती : कुन क्षेत्रले कति कटौती ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । लकडाउन अवधीमा उद्योग/व्यवसायहरुले कर्मचारीहरुको तलव औसतमा १८.२ प्रतिशतले कटौती गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

तलव कटौती गर्नेमा सबैन्दा अगाडि होटल क्षेत्र रहेको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै (३६.४ प्रतिशत) तलब कटौती भएको सर्वेक्षणले देखाएको छ ।

यस्तै, होटल तथा रेष्टुरेन्ट क्षेत्रपछि यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ । स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ५.४ प्रतिशतले तलब कटौती गरेको पाइएको छ भने खानी तथा उत्खनन क्षेत्रमा तलब कटौती भएको नदेखिएको राष्ट्र बैंकको भनाइ छ ।

बन्दाबन्दी अवधिमा ठूला उद्योग/व्यवसायहरुले सबैभन्दा धेरै (२२.५ प्रतिशत) र मझौला उद्योग/व्यवसायहरुले सबैभन्दा कम (१३.६ प्रतिशत) ले तलब कटौती गरेको देखिएको छ । लघु उद्यम/साना खुद्रा व्यापार र ठूला उद्योग/व्यवसायहरुले राष्ट्रिय औसतभन्दा धेरै तलब कटौती गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

(आजको अर्थबाट)

वि.सं.२०७७ साउन २२ बिहीवार १४:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...