back
NMB ad

नेप्सेमा चार कम्पनीको एक करोड ३० लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार चार कम्पनीको एक करोड ३० लाख ७३ हजार ४९८ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोल्टी होटेल, प्रभु इन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त र एक्सेल डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । नेप्सेमा सोल्टी होटेल लिमिटेडको १ करोड ९ लाख ९० हजार ४३६ युनिट कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यस्तै, प्रभु इन्स्योरेन्स को ५ लाख ११ हजार ९८९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  कम्पनीले अघिल्लो वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिएको हो ।

त्यसैगरि ग्लोबल आइएईको ३ लाख ८६ हजार ६०१ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले अघिल्लो आवको १७ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

यस्तै, एक्सेल डेभलपमेण्ट बैंकको ११ लाख ८४ हजार ४७२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताहरुले खरीदविक्री गर्न सक्नेछन् ।

वि.सं.२०७७ साउन २२ बिहीवार १६:०१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...