back
mega bank Ad
Hero Ad

यस्ता छन् मन्त्रिपरिषदका महत्वपूर्ण १८ निर्णयहरु (सूचीसहित)

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले काभ्रेका डा. उप्रेतीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । उहाँले बुधबार पदभार ग्रहण गरिसक्नुभएको छ ।

भट्टको नियुक्तिलाई लिएर सत्तारुढ दल नेकपाभित्र र बाहिरपनि आलोचना भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरिएको जानकारी दिनुभयो ।

यस्तै, बेरुजु फर्छ्योट मूल्यांकन र अनुगमन समितिको सदस्यसचिवमा रमा जोशी दुलाललाई दुई वर्षका लागि मनोनयन गरिएको छ ।सन्धि सम्पन्न गर्नेसम्बन्धी निर्देशिका, २०७६ को मस्यौदामा स्वीकृति प्रदान, वैयक्तिक गोपनीयतासम्बन्धी नियमावली, २०७७ स्वीकृत गर्नेलगायतका विभिन्न १८ ओटा निर्णयहरु मन्त्रिपरिषद्को सो बैठकले गरेको छ ।

मन्त्रिपरिषद्का थप निर्णय हेर्नुहोस्

वि.सं.२०७७ साउन २२ बिहीवार १७:५१ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

नेप्सेमा थप एक कम्पनीको शेयर कारोबार खुल्ला

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा लाईफ इन्स्योरेन्सको शेयर...

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

समिट लघुवित्तको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर २१ बुधवार १३:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समिट लघुवित्त वित्तिय संस्थाको...