back
NMB ad

सूर्य नेपालको नयाँ उत्पादन : “मंगलदीपत्रिसारा” अगरबत्ती नेपाली बजारमा

Kumari bank ad

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा. लिको गुणस्तरीय उत्पादन मंगलदीप अगरबत्ती बजारमा ल्याइएको छोटो समयमानै आम उपभोक्ता माझ निकै नै लोकप्रिय अगरबत्ती बन्न सफल भएको छ ।

मंगलदीप अगरबत्तीको बजार लोकप्रियता, विस्तृत बजार अनुसन्धान र ग्राहकहरुसँगको नियमित संवाद तथा उनीहरुको चाहनालाई सम्बोधन गर्दै कम्पनीले “मंगलदीपत्रिसारा”नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ ।

त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहक महानुभावहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने छन् । त्रिसाराको प्रति प्याक मूल्य रु. १०० कायम गरिएको छ र यस अन्तर्गत १८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् ।

जिप लक ले गर्दा काँटीको गुणस्तरियता, सुगन्ध लामो समय सम्म टिक्ने जानकारी कम्पनीले गराएको छ । त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवद्र्धन गर्ने निर्णय कम्पनीले गरेको छ ।

कम्पनीले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत मंगलदीप अगरबत्ती बनाउन दिई सोको बजार प्रवर्धन तथा विक्रि गरि ती उद्योगहरुलाई दिगो एवं सक्षम बन्न मद्दत गरिराखेको छ ।

मंगलदीप अगरबत्तीले हाल राष्ट्रकोअगरबत्तीमा व्याप्त परनिर्भरता कम गरि देशको राजश्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ ।

नेपालको साँस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेशमै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ । सूर्य नेपाल प्रा. लि. तीर सलाई तथा टफिचु कन्फेक्सनरीजस्ता उच्च गुणस्तरका उत्पादनहरु मार्फत युवा रोजगारतथा महिला सशक्तिकरणमा अग्रणी भूमिका निभाउँदै विक्रि वितरण गरि आफ्ना ग्राहकहरुलाई सन्तुष्टी प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १८:३८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...