back
NMB ad

एभरेष्ट बैंकद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Kumari bank ad

रुकुम । एभरेष्ट बैंक रुकुम पश्चिमले पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। जिल्ला सदरमुकाम मुसीकोटमा रहेको मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा अध्यनरत पाँचजना विद्यार्थीलाई बैंकले छात्रवृत्ति प्रदान गरेको हो।

स्नातक तहअन्तर्गत बिए, बिएड, बिबिएस र स्नातकोत्तर तहअन्तर्गत एमएड अध्यनरत पाँचजना विद्यार्थीलाई प्रतिविद्यार्थी पाँच हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको बैंकका शाखा प्रबन्धक चोलाकान्त शर्माले जानकारी दिए।

क्याम्पसले छनौट गरेका जेहेन्दार विद्यार्थी कमला ओली, सिर्जना गहतराज, पवित्रा ओली, खीमा पुनमगर र लक्ष्मी मल्ललाई छात्रवृत्ति उपलब्ध गराइएको शर्माले बताए।

बैंकका शाखा प्रवन्धक शर्मा र कर्जा अधिकृत राजेश घिमिरेले उक्त रकम बराबरको चेक क्याम्पस प्रमुख मुकुन्द शर्मालाई हस्तान्तरण गरे। कोरोना भाइरसको महामारीका कारण पठनपाठन बन्द रहेकाले केही दिनमा विद्यार्थीलाई बोलाएर छात्रवृत्ति प्रदान गरिने क्याम्पस प्रमुख मुकुन्द शर्माले बताए।

वि.सं.२०७७ साउन २३ शुक्रवार १२:१७ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...